चितवनमा आफ्नै बुवाको हत्या आरोपमा टेकबहादुर पक्राउ
चितवन | असार १६, २०८०
चितवन: चितवनमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आदर्शनगर सितल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियार रहेका छन् ।
चितवन प्रहरीका अनुसार टेकबहादुरले ७० वर्षीय बुवा दिल बहादुर परियारलाई घरायसी विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा दिल बहादुरको मृत्यु भएको थियो ।
बुवाको मृत्युपछि फरार रहेका छोरा टेकबहादुरलाई हिजो (शुक्रबार) बिहान वडा प्रहरी कार्यालय चितनवबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सो विषयमा अहिले थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

