चितवनमा आफ्नै बुवाको हत्या आरोपमा टेकबहादुर पक्राउ
चितवन | असार १६, २०८०
चितवन: चितवनमा आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आदर्शनगर सितल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियार रहेका छन् ।
चितवन प्रहरीका अनुसार टेकबहादुरले ७० वर्षीय बुवा दिल बहादुर परियारलाई घरायसी विवादका क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । त्यसपछि भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा दिल बहादुरको मृत्यु भएको थियो ।
बुवाको मृत्युपछि फरार रहेका छोरा टेकबहादुरलाई हिजो (शुक्रबार) बिहान वडा प्रहरी कार्यालय चितनवबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
सो विषयमा अहिले थप अनुसन्धान गरिरहेको चितवन प्रहरीले जनाएको छ ।
पोखरा: लेखक, इतिहासकार तथा अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमुलक इतिहासका दुइ पुस्तक बजारमा आएका छन् । ‘‘मगर जातिको इतिहास’’ र “भर्तीको फन्...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पत्रकार मोहन घलेले आर्थिक सहयोग गरेका छन् । पत्रकार घलेले अक्षयकोषमा नगद १० हजार...
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

